१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सल्लाघारीबाट लागूऔषध कारोबारमा संलग्न तीनजना पक्राउ


0
Shares

काठमाडौं, भदौ २३ । प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ ।

कन्टेनरमा अवैध लागूऔषध ओसारपसार गरी भक्तपुरको सल्लाघारी क्षेत्रमा कारोबार गर्ने गरेको भन्ने सूचनापछि पुगेको महानगरीय अपराध महाशाखा र भक्तपुर प्रहरीको टोलीले उनीहरूलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका विष्णु प्रधान, सोही ठाउँका ३७ वर्षीय डम्बरबहादुर प्रधान र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका शंकर खड्का छन् ।

उनीहरुलाई अरनिको राजमार्गको दक्षिणतर्फको किनारामा रोेकिराखेको कन्टेनरमा विभिन्न प्रकारको ११ हजार ८०० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख दीपक थापले बताउनुभयो ।