३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


केबुल व्यवसायीविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले दियो उजुरी


0
Shares

काठमाडौं, असार १० । केबल टेलिभिजन व्यवसायीहरुले प्रशारण रोकेकामा कार्वाही माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चले प्रहरीमा उजुरी दिएको छ ।

मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा उजुरी दर्ता गराएको हो । सुविसु केवल नेट प्रालिका सञ्चालक सुधीर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरिएको छ ।

इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्याइ करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि अन्याय गरेकाले मञ्चले उजुरी हालेको मञ्चका महासचिव ज्योति बानियाँले जानकारी दिए ।

नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलको प्रशारणमा २४ घण्टाका लागि बन्द गराएको थियो ।

कानून बमोजिम दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघ नामक संस्थाका नामबाट केही व्यक्तिले इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणमा अवरोध पुर्याएकाले कारवाही गर्न माग गरिएको छ ।

सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्नलाई सजाय र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउनुपर्ने माग पनि मञ्चले गरेको छ ।
उजुरीको पूर्ण विवरण यस्तो छ,