
काठमाडौं, भदौं २४ । काठमाडौं उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार गर्न दिइने भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञासम्बन्धी नयाँ आदेशमा फुटपाथ पसल र ठेलामा व्यापार गर्न दिइने निर्णय गरिएको छ ।
उनीहरुले त्यस्तो व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म गर्न पाउने पनि आदेशमा भनिएको छ ।
सोही समयमा इलेक्ट्रिक र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिइने छ ।
प्रतिक्रिया दिनुहोस्