
भोजपुर, भदौ २४ । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरी भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ ।
टेम्केमैयुङ गाउँपालिका–५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुने गरी कुटपिट हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।
गत २२ गते राति घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटपछि ढिलबाट हुत्याएर आफू घर आएको र बिहान हेर्दा घर छेउको सुँगुरको खोरमा केशरमाया मृत अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
राजकुमारलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्