९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


भारत बन्यो कोरोनाको नयाँ इपिसेन्टर, दैनिक एक लाख संक्रमित


0
Shares

india corona

एजेन्सी, भदौ २५ । भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो ।

बुधबार मात्र भारतमा कोरोना भाइरस संक्रमित संख्या ९७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्यामा यो नयाँ रेकर्ड कायम भएको भारतीय सञ्चार संस्थाहरुले जनाएका छन् ।

बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको भन्दै समाचारहरुमा यो संख्या महामारी शुरू भएयता एकैदिन भेटिएको उच्च भएको उल्लेख छ ।

भारतमा कोरोनाको कूल संक्रमितको संख्या ४४ लाख नाघ्दा पछिल्लो यसैका कारण २४ घण्टामा ११ सय ५२ जनाको मृत्यु भएको जनाइएको छ ।

अहिलेसम्म भारतमा कोरोनाका कारण हुने मृत्यु हुनेको संख्या ७५ हजार ६२ पुगेको उल्लेख छ ।
संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा भारत विश्वमा तेश्रो स्थानमा छ भने पहिलो अमेरिका र दोश्रो ब्राजिल हो ।

विश्वभर भने कोरोना संक्रमणका कारण हालसम्म ९ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।