१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिहीबार थप १२४६ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना संक्रमित संख्या ५० हजार नाघ्यो


0
Shares

काठमाडौं, भदौ २५ । पछिल्लो २४ घण्टामा थप १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ संक्रमित थपिएको जानकारी दिनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८१८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म ३५ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुबाट १११४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

आइसोलेसन ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४३८ जना रहेका छन् । ५ हजार ८०६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंका ५५ वर्षीया महिला, ५९ वर्षीय पुरुष, ८३ वर्षीय पुरुष, चितवनका ६२ वर्षीय पुरुष, कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.25

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.25#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, September 10, 2020