
काठमाडौं, भदौ २६ । कोरोना (कोभिड १९) को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त हुनुहुन्छ ।
बैठकमा कोभिड १९ को प्रभाव र बढ्दो संकट, मुलुकको पछिल्लो राजनीतिक घटनामक्रम, पार्टी एकता र भावी योजनाका बारेमा छलफल गरिएको छ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै थापाले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद अहिलेको डरलाग्दो समस्या भएको भन्दै मुलुकलाई समृद्धिको दिशामा लैजानको निमित्त राप्रपाले अवलम्बन गरेको मार्गचित्रबाट मात्र सम्भव हुने दावी गर्नुभयो ।
झण्डै दुईतिहाइको बहुमतप्राप्त सरकार जनताको नजरमा दिन प्रतिदिन असक्षम सावित हुँदै गएको र नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकोले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न संगठन केन्द्रित हुन अध्यक्ष थापाको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्