२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


१०८९ जना सेना सक्रिय संक्रमित


0
Shares

काठमडौं, भदौ २८ । नेपाली सेनामा १ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित मध्ये १ हजार ८९ जना सक्रिय संक्रमित छन् ।

इमेज च्यानलसँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता सहायक रथी संन्तोष बल्लभ पौडेलले संक्रमित मध्ये २ सय ९४ जना उपचार पछि निको भएको जानकारी दिनुभयो ।

संक्रमित मध्ये सबैभन्दा धेरै मध्य पूर्वी पृतनामा १ सय ८९ जना, उपत्यका पृतनामा १ सय ८४ जना, मध्य पश्चिममा १ सय ५४ जना र पूर्वी पृतनामा १ सय ४३ सेना छन् ।

सेनाका ५६ जना स्वास्थ्यकर्मी पनि संक्रमित रहेको र सेनाको परिवारका ७ जना सदस्यको कोरोनाबाट मृत्यु भएको छ ।

संक्रमित सेनालाई व्यारेकहरुमा नै आइसोलेसनमा राखिएको सेनाले जनाएको छ ।

प्रवक्ता पौडेलले सेनामा हाल अत्यावश्यक बाहेक दैनिक तालिम समेत बन्द रहेको बताउनुभयो ।