१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अख्तियारको पुरानै रोगबाट घिमिरे पनि ग्रसित


0
Shares

मीरा बस्नेत र दिलिप पोखरेल (इेमेज)

काठमाडौं, भदौ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेको कार्यकाल आइतबारबाट सकिएको छ ।

तुलनात्मक रुपमा स्वच्छ छबी बनाएपनि साना ठूलो सबैखाले भ्रष्टाचारीलाई नछाड्ने बाचा गरेपनि उहाले आफ्नो कार्यकालमा ठूला भन्दा साना भ्रष्टाचारी र क्वालिटी भन्दा क्वान्टिटीमा बढी ध्यान दिएको आरोप लाग्यो ।

राज्यसत्ताले संकेत गरेको केही ठुला भ्रष्टाचार काण्ड बाहेक अरुमा हात हाल्न नचाहेको र साना काण्डहरुलाई मात्र निसानामा पारेको आरोपबाट पनि उहां मुक्त हुन सक्नु भएन ।

वि.स. २०७५ असोज ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नियुक्त भएका नविन घिमिरे ६५ वर्षिय उमेर हदका कारण २३ महिने कार्यकाल सकेर आइतबारबाट अवकाश पाउनु भएको छ ।

पदभार ग्रहण गर्दा ‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौं खाने पनि भ्रष्टाचार हो, सानो–ठुलो कसैलाई पनि छाड्दिनँ ।’ भन्ने उहां आफ्रनै प्रतिबद्धतमा भने अडिन सक्नु भएन ।

अख्तियारकै पुरानै रोग सानालाई नछाड्ने र ठुलालाई छुन नसक्ने प्रवृति घिमिरेको कार्यकालमा पनि देखियो ।

केहि वर्षयता आयोगले रंगेहात तथा साना प्रकृतिका धेरै मुद्धा दायर गरेको छ भने ठूला अनियमितता, राजनीतिक संरक्षण प्राप्त भ्रष्टाचार काण्ड र सत्ताको आडमा हुने अनियमिततामा अनुसन्धान प्रकृयानै अघि बढाइएन ।

वाईडबडी खरिद प्रकरण र न्यारोबडीमा भएको भनिएको घुस लेनदेनमा अख्तियारले कुनै चासोनै देखाएन भने आयल निगम जग्गा खरिद प्रकरणमा प्रयाप्त प्रमाण हुँदा हुँदै पनि सरकारको दवावमा तामेलीमा राख्यो ।

यस्तै सेक्यूरिटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको अडियो टेप प्रकरण पनि अघि बढेन ।

पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्ति विवरण माग गरेको उजुरी,ओम्नी प्रकरण, नेपाल ट्रष्टको जग्गा प्रकरण,अख्तियारकै आयुक्त राजनारायण पाठकलगायतका काण्डहरुमा आयोग शक्ति केन्द्रको प्रभाव र राजनीतिक दवावका कारण अघि बढ्न नसकेको देखियो ।

यस्तै विवादित उजुरीहरुलाई तामेलीमा लैजाने कदमको पनि आलोचना भयो ।

घिमिरे भ्रष्टाचार मुद्धाको क्वालीटीमा भन्दा पनि मुद्धाको संख्या बढाउनेतर्फ बढी केन्द्रीत भएको आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको बुझाई छ ।

घिमिरेको सकारात्म पाटो तर्फ पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुक्ता ,अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यातमाथि समेत घिमिरेले मुद्धा लिने गरिन्छ ।

यस्तै पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदार,पूर्वमन्त्रीहरु विक्रम पाण्डे, चन्द्रदेव जोशीविरुद्ध पनि उहाँले मुद्धा चलाउनुभयो ।

आयोगमा दलीय भागवण्डामा पदाधिकारी नियुक्ति हुने हँुदा जसको सिफारिसमा आफु नियुक्ति भएको हो उ प्रतिमात्र बफादार हुने गरेको विज्ञहरु बताउँछन् ।

केहीलाई छोडेर अरु प्रमुख आयुक्त जस्तै घिमिरे पनि राज्य सत्ताको कठपुतली मात्र भएको भन्ने टिप्पणी समेत भएको छ ।

आवश्यक परे सरकारका भ्रष्टाचारजन्य काम कारबाहीबारे हस्तक्षेपकारी भूमिकासमेत निभाउन सक्ने समेत अधिकार अख्तियारमा छ ।

तर आयोगको नेतृत्व तहमा पुगेकाहरुले यस्तो भूमिका निभाउन नसक्ने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो स्वतन्त्र संवैधानिक आयोग पनि राज्यशक्ति केन्द्रको निर्देशनमै रुमल्लिरहने छ ।

भिडियो हेर्नुहोस्