
चितवन, भदौ २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय साह रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नं को ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ८०११ नं को ट्रक सोमबार बिहान इच्छाकामना गाउँपालिका–५ खहरे पुल नजिक एकापसमा ठाक्किएका थिए ।
ठक्करबाट घाइतेमध्ये ना ४ ख ८०११ नं का ट्रकका चालक साहको मृत्यु भएको हो ।
अर्को ट्रकका चालक र ट्रकमा सवार चार जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उनीहरुको अवस्था सामान्य रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्