१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रातो मछिन्द्रनाथलाई बुङ्मति पुर्‍याइयो


0
Shares

काठमाडौं, भदौ २९ । ‘वर्षा र सहकाल’का देवता रातो मछिन्द्रनाथलाई बुङ्मति पुर्‍याइएको छ ।

बैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नुपर्ने रथयात्रा कारोना महामारीका कारण स्थगित गरिएपछि आज शुभ साइत जुराएर मछिन्द्रनाथलाई खटमा राखी बाजागाजाका साथ बुङ्मति पुर्‍याइएको हो ।

यसवर्ष नरिबल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने गरिएन ।

कोरानाम कारण रथ तान्ने विषयमा केही निर्णय हुन नसक्दा गत भदौ १८ गते केही स्थानीय केही युवाले निषेधाज्ञाकाबीच रथ तान्न खोजेपछि पुल्चोकमा झडप भएको थियो ।

असोज २ गतेदेखि अधिकमास लाग्ने भएपछि गत हप्ता स्थानीयबासीले निषेज्ञा र कर्फूका बीचमा पनि भौतिक दुरी कायम गरी जात्रा गर्नुपर्ने आवाज उठाएपछि रथ तान्न दबाब परेको थियो ।

मछिन्द्रनाथलाई बुङमति भित्र्याउन यसअघि भदौ २६ गते साइत दिइ पनि ज्योतिषिहरुले नमिलेको प्रतिक्रिया दिएपछि आज शुभ साइत सार्वजनिक गरिएको थियो ।