
सुर्खेत, भदौ २९ । दैलेखबाट सुर्खेत तर्फ आउंदै गरेको ट्रक रानीमत्ता नजिक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खैरेनी १२ चितवनका ईश्वर बर्तौला छन् ।
दैलेखमा विद्युतको पोल अनलोड गरेर फर्कने क्रममा बाक्लो हुस्सुका कारण ट्रक दुर्घटनामा परेको बताइएको छ ।
ट्रक सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्