१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमिताभ बच्चनको त्यो ट्वीट् जसले गर्‍यो नेपालका उज्ज्वल थापाको कदर


0
Shares

amitabh bachhan bollywood bikram thapa acide

काठमाडौं, भदौं २९ । भारतीय चलचित्रका विख्यात अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायका लागि अभियानरत एक नेपालीको कामलाई हृदयदेखि सराहना गर्दै बधाई दिनुभएको छ ।

बलिवुड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि संघर्षरत अभियन्ता उज्ज्वल विक्रम थापालाई बधाई दिनुभएको हो ।

एसिड छ्यापेर घाइते भएकाहरुको उपचार र न्यायका लागि थापा लामो समयदेखि अभियानरत हुनुहुन्छ । थापाले दोषीलाई दण्डका कठघरामा ल्याउन कानुन निर्माणका लागि पनि दबाब दिने काममा पनि क्रियाशील हुनुहुन्छ ।

दोषीलाई दण्डको प्रक्रियामा ल्याउनका लागि पहल गरेको भन्दै अभिनेता बच्चनले नेपालका थापालाई बधाई दिनुभएको हो ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत् अभिनेता बच्चनले थापालाई बधाई दिँदै लेख्नुभएको छ, ‘एसिड पीडितको लागि तपाईँले गर्नुभएको संघर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभई तपाईँको देश नेपाललाई पनि गौरव महशूस गराएको छ ।’

बच्चनले थापालाई यस्तै राम्रा सामाजिक कामलाई निरन्तरता दिन शुभेच्छा पनि दिनुभएको छ ।

थापाले गरेको यस्तै काम र देशभरका एसिड पीडितको दबाबपछि प्रधानमन्त्री केपी ओलीले भर्खरै देशका अध्यादेशबाटै भएपनि एसिड आक्रमणका दोषीलाई कार्वाही गर्नका लागि कानुन ल्याउने बचन दिनुभएको थियो ।

उज्ज्वल विक्रम थापा, तस्वीरः वेब

यो पनि हेर्नुहोस्,

१५ दिनभित्र कानुन ल्याउने प्रधानमन्त्रीको बचनसँगै सम्बन्धित निकायहरु कानुन निर्माणमा जुटेका छन् ।