१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असोज ५ देखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय


0
Shares

cabinet decission flight transportation

काठमाडौं, भदौं २९ । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिनुभयो ।

स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र लामो दूरीका सार्वजनिक यातायात खोल्न दिने निर्णय भएको उहाँले बताउनुभयो ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।