१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जबर्जस्ती करणी मुद्दाका फरार दुईजना ६ वर्षपछि पक्राउ


0
Shares

कञ्चनपुर, भदौ ३० । सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल राना छन् ।

उनीहरुलाई सोमबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

स्थानीय एक युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना २०७१ साल फागुन महिनादेखि फरार थिए ।

कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई २०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो ।