१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लामो–छोटो दूरीका यातायात सञ्चालनमाः सबै तयारी सकियो–व्यवसायी


0
Shares

corona bus service resume

काठमाडौं, भदौं ३१ । असोज १ गतेदेखि देशैभर लामो–छोटो दूरीको यातायात सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरसको संक्रमणको डरमा ६ महिनादेखि बन्द गरिएको लामो दूरीका यातायातको साधन विहीबार विहानैदेखि सडकमा गुड्ने छन् ।

यसका लागि व्यवसायीहरुले सम्पूर्ण तयाररी गरिएको जनाएका छन् । सवारीमा काम गर्ने जनशक्तिदेखि सबै विषयमा ध्यान पुर्‍याइएको उनीहरुले जनाएका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमा बुधबार विज्ञप्ति निकाली लामो, छोटो दूरीका सबै गाडी सञ्चालनमा आउने जनाएका छन् ।

सरकारले तोकेको आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने ती संगठनहरुले जनाएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर असोज १ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो ।

आमजनता कोरोनाका कारण आर्थिक रुपमा भारमा परेका बेला सरकारले भने सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा बढाइदिएको छ । जसको मार उपभोक्ताको थाप्लामा पर्ने छ ।