
काठमाडौं, भदौं ३१ । विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सोल्टी होटेलमा ‘आइसोलेसन’ बस्दा भएको खर्च विवरण मागेको छ ।
विवेकशील दलकी नेतृ एवं गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा शाक्यसँगै प्रत्याशी रहेकी रञ्जु दर्शनाले सूचनाको हक बमोजिम निवेदन दर्ता गर्नुभएको हो ।
दर्शनासँगै दलका संघीय समिति सदस्यहरु रजिया बानु र प्रमेश श्रेष्ठले शाक्यको ५ तारे होटेलको आइसोलेसनको खर्चमा महानगरले बेहोरेको विवरण तथा महानगरले कोभिड–१९ रोकथामको लागि गरेको खर्च विवरणको सूचना मागिएको छ ।
सूचनाको हक सम्बन्धी निवेदनमार्फत दर्ता गर्न महानगरपालिका कार्यालय पुगेका उनीहरुले महानगर कोभिड संक्रमण नियन्त्रणमा अक्षम रहेको एवं पारदर्शीता पनि नभएको आरोप लगाए ।
महानगरको नेतृत्व नागरिकको जिउधनको रक्षा गर्न असक्षम मात्र होइन महानगरका गतिविधि पनि पारदर्शी नभएको दर्शनाको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस्