
काठमाडौं, असोज १ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ ।
आफ्नो निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि उहाँ होम आइसोलेसनमा रहनु भएको हो ।
सचिवालयमा कार्यरत चार जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनामा पोजिटिभ देखिएकाले उहाँ होम आइसोलेसनमा रहनुभएको हो ।
देउवाका स्वकीय सचिव भानु देउवाले एक जनामा पोजेटिभ रिपोर्ट देखिएको जानकारी दिनुभयो ।
यसैका कारण संवैधानिक आयोगहरुमा गरिने नियुक्तिका सम्बन्धमा प्रधानमन्त्रीसँग हुने भनिएको बैठकमा पनि सभापति देउवा सहभागी नहुने हुनुभएको छ । देउवाको स्वाब पनि परीक्षण गरिँदैंछ ।
उता कांग्रेस महामन्त्री डा. शशांक कोइराला पनि कोरोना संक्रमण देखिएपछि ओम अस्पतालमा उपचाररत हुनुहुन्छ ।
हाल उहाँको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्