
काठमाडौं, असोज १ । काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणालीमार्फत राजश्व निर्धारण तथा संकलनको कामको शुरु गरेको छ ।
महानगरपालिकाले आज वडा नम्बर २६ लगायत १० वटा वडाहरुबाट सेवा शुरु गरेको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत एकनारायण अर्यालले बताउनुभयो ।
सेवाग्राहीले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो महानगरलाई आउने भएकाले अब सबैले आफ्नो घरघरबाट कर तिर्न सक्ने व्यवस्थाको सुरुवात भएको उहाँले बताउनुभयो ।
वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले संघीय राजधानीमा रहेको स्थानीय तहले सुरु गरेको रचनात्मक कामले देशरीका स्थानीय तहलाई सेवा सुरु गर्न सहज हुने बताउनुभयो ।
कागजी कामले विभिन्न समस्या हुने गरेकोमा अव त्यस्तो अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।
अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक राजश्व संकलनको अबस्था थाहा पाउन सकिने छ ।
यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने महानगरपालिकाको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्