
फाइल तस्विर
जनकपुर, असोज १ । जनकपुरमा संचालनका लागि किनिएको रेलवेको सेट शुक्रबार (भोलि) सम्म आउने भएको छ ।
रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि भारतबाट किनेको ४ वटा इन्जिनसहित दुई वटा रेल सेट बिहार हाजीपुरबाट ल्याउने तयारी गरिएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार पारेर हाजीपुरमा राखिएको रेल सेट कुनै व्यवधान नभए भोलि ल्याउने तयारी रहेको बताउनुभयो ।
रेल विभागले कुर्था–जनकपुरधाम –जयनगरसम्म रेल चलाउन १ अर्बको लागतमा रेलको रेट खरिद गरेको हो ।
रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो ।
प्रतिक्रिया दिनुहोस्