
काठमाडौं, असोज १ । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै अमेरिका प्रदर्शन भएको छ ।
न्यूयोर्कको ज्याक्सन हाईटमा जम्मा भएका नेपालीहरुले कुलमानको पक्षमा प्रर्दशन गर्दै नेपाललाई लोडसेडिङबाट मुुक्त गर्ने कुलमानलाई पुन नियुक्त गर्न नेपाल सरकारसमक्ष माग गरे ।
उनीहरुले प्राधिकारणमा कुलमानल पुन नियुक्त नभए विश्व भर रहेका नेपालीहरुले संयुक्त रुपमा प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् ।
एनआरएनए लगायतका ३० भन्दा बढि संघसंस्थाहरुले डाईभर्सिटी प्लाजामा प्रदर्शन गर्दै चुनाव हारेका बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेरे सरकारले जनमतको अपमान गरेको आरोप समेत लगएका छन् ।
प्रतिक्रिया दिनुहोस्