२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा सचिवालय बैठक पेरिसडाँडामा, स्थायी कमिटीबाट पारित प्रस्ताव कार्यान्वयनबारे छलफल हुने


0
Shares

NCP prime minister kp oli prachanda madhab nepal cabinet reshuffle

काठमाडौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
गत शुक्रवार पूर्व माओवादीको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उहाँले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाउनु भएको थियो ।

भदौं २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयन गर्नेसम्बन्धी छलफलका लागि यो बैठक बस्न लागेको नेकपाले जनाएको छ ।

उक्त बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पार्दै अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्वय गर्ने भन्ने उल्लेख गरिएकाले यसैको वरिपरी रहेर छलफल चलाइने छ ।

आइतवारको सचिवालय बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रिपरिषद्का पुनर्गठनका लागि सूची तयार पार्ने विषयमा छलफल हुने जनाइएको छ ।

नेकपामा दुई अध्यक्षबीच सहमति बनेसँगै मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश मुख्यमन्त्रीहरुको जिम्मेवारी हेरफेरको विषय कसरी अगाडी बढ्छ भन्ने चासो निकै बढेको छ ।