२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई, जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिइने


0
Shares

madan puraskar Jagadanba shree

काठमाडौं, असोज ४ । २०७६ सालको मदन पुरस्कार महारानी उपन्यासलाई प्रदान गरिने भएको छ ।

मदन पुरस्कार गुठीको साधारण सभाले मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो ।

यसैगरी २०७६ सालको जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय पनि गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ ।

विगत ६ दशकदेखि नेपाली गीत–सङ्गीतमा योगदान पुर्‍याएको भन्दै ठटाललाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरिएको गुठीले जनाएको छ ।