१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्याजमा कालोबजारी गर्ने व्यापारीहरु कारवाहीमा


52
Shares

परासी, असोज ४ । प्याजमा कालोबजारी गर्ने पश्चिम नवलपरासीका व्यापारीहरु कारबाहीमा परेका छन् ।

मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि आइतबार बजार अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरु कारबाहीमा परेका हुन् ।

प्रतिकेजी ४४ रुपैयाँ थोकमा प्याज खरिद गरेका व्यापारीहरुले १२० देखि १३० रुपैयासम्म बिक्री गर्ने गरेको पाइएको बजार अनुगमन समितिका अधिकृत एंव सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिनुभयो ।

गोदाममा प्याज भएपनि अभाव देखाएर व्यापारीहरुले कालोबजारी गर्ने गरेको पाईएको उहाँले बताउनुभयो ।

गोदाम सञ्चालन गरेका केही व्यापारीहरुले बिना दर्ता पसल सञ्चालन गर्ने गरेको पाइएको छ ।

त्यसरी चर्को मूल्यमा प्याज बिक्री गर्ने र बिना दर्ता पसल सञ्चालन गर्ने ३ जनालाई जनही ६० हजार र २ जनालाई जनही २० हजार रुपैंयाका दरले जरिवाना गरिएको छ ।