८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


फेवातालमा सुरु भयो डुङ्गा सञ्चालन


0
Shares

पोखरा, असोज ४ । पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुङ्गा सञ्चालनमा आएको छ ।

लकडाउनका कारण लामो समयदेखि बन्द डुङ्गा असोज २ गतेबाट सञ्चालनमा आएको हो ।

कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लक डाउनका कारण ६ महिनादेखि बन्द रहेको थियो ।

सरकारले असोज १ गतेबाट नै डुङ्गा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो ।

उहाँले सरकारले दिएको निश्चित मापदण्ड अनुसार डुङ्गा सञ्चालन शुरु गरिएको बताउनुभयो ।

डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो ।

डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत नबढाइएको उहाँले बताउनुभयो ।