
काठमाडौं, असोज ५ । भारतमा कोरोना संक्रमणको दर उच्च भए पनि उत्तर प्रदेशमा रहेको ताजमहल र केही विद्यालय खुलेका छन् ।
संक्रमण बढिरहे पनि ताजमहल र विद्यालय खुलेका भरतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गएको ६ महिनादेखि बन्द रहेको ताजमहल भौतिक दुरीसहित स्वास्थ्य मापदण्डका नियमलाई कडाइका साथ पालना गर्दै खुलेको भारतीय अधिाकरीहरुले जानकारी दिएका छन् ।
अहिले त्यहाँ दैनिक भ्रमण गर्नेको सङ्ख्या पाँच हजारमा सीमित गरिएको छ ।
तर निकै कम संख्यामा पर्यटकहरु पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सामान्य अवस्थामा ताजमहल भित्र जानका लागि निकै लामो लाइन लाग्ने गथ्र्याे तर सोमबार भने निकै कम संख्यामा पर्यटकहरु देखिएका थिए ।
कोरोना भाइरसको संक्रमणका कारण सुरक्षाको लागि सामूहिक तस्बिर लिन प्रतिबन्ध लगाइएको छ ।
साथै ताजमहल प्रवेश गर्नुअघि पर्यटकहरुको शरीरको तापक्रम लिइने गरिएको छ र डिजिटल टिकटको व्यवस्था गरिएको छ ।
कोरोनाअघि यो स्मारक हेर्न वर्षमा झण्डै ७० लाख मानिस त्यहाँ पुग्ने गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्