१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

साझाको थप बीस वटा बस आजबाट सडकमा सरर


0
Shares

काठमाडौं, असार १६ । साझा यातायातले थप २० वटा बस थपेको छ । योसँगै साझासँग अब बस संख्या ७१ पुगेको छ ।

नयाँ बसमध्ये ६ वटा बस नयाँ बसपार्क–सूर्य विनायक रुटमा चल्नेछन् भने अरु ६ वटा बसले नयाँबसपार्क–कमल विनायक रुटमा सेवा दिनेछन् । अरु ८ ओटा बस भने नयाँ बसपार्क–लगनखेल हुँदै सोही बाटो फर्किने छन् ।

साझा यातायातका प्रवन्धक मेहेन्द्रराज पाण्डेका अनुसार यस अघि भक्तपुरमा चल्दै आएका ७ ओटा बस भने अब नयाँ रुटमा चल्नेछन् । यी बस त्रिभुवनपार्क–पाटन हस्पिटल हुँदै सोही बाटो फर्किनेछ ।

अरु पुराना दुई बस लगनखेल–रत्नपार्क हुँदै दक्षिणकाली जाने र सोही रुट हुँदै फर्किने व्यवस्था मिलाइएको छ ।

४० बढी सिट क्षमताका यी बसमा अहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन् ।

बसहरुमा यात्रागर्दा भुक्तानी कार्डमार्फत पनि हुने व्यवस्था गरेको छ ।

राजधानी बाहिर सेवा दिइरहेका ४ वटा बसमा भने काठमाडौं– बागलुङ र काठमाडौं–भैरहवा छन् ।

यसरी मिलाइएको छसाझा चल्ने रुटः

रुट १ लगनखेल–बसपार्कः

लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा–लैनचौर–लाजिम्पाट–पानीपोखरी–शिक्षण अस्पताल–नारायण गोपाल चोक–सामाखुशी–गोंगबु–नयाँ बसपार्क

रुट २ लगनखेल–बुढानीलकण्ठः

लगनखेल–कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–जमल–शिक्षण अस्पताल–नारायण गोपाल चोक–गंगालाल अस्पताल–हात्तीगौंडा–चपली–देउवा चोक–बुढानीलकण्ठ

रुट ३ बुङ्गमती–बुढानीलकण्ठः

बुङ्गमती–भैंसेपाटी–चारघरे– भैंसेपाटी आवास–नक्खु–बागडोल–जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–जमल–शिक्षण अस्पताल–नारायण गोपाल चोक–गंगालाल अस्पताल–हात्तीगौंडा–चपली–देउवा चोक–बुढानीलकण्ठ

रुट ४ रत्नपार्क–लामाटारः

लामाटार–लुभु–इमाडोल–ग्वार्को–सातदोवाटो–लगनखेल– जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–रत्नपार्क

रुट ५ रत्नपार्क–गोदावरीः

गोदावरी–हरीसिद्धी–सातदोवाटो– लगनखेल– जावलाखेल– कुपण्डोल–थापाथली–नेपाल वायुसेवा–रत्नपार्क

रुट ६ लगनखेल–थानकोटः

थानकोट–कलंकी–खसीबजार–बल्खु–नयाँबाटो–धोबिघाट–नक्खुचोक–एकान्तकुना–थसिखेल–महालक्ष्मीस्थान– चापागाउँचोक–सातदोवाटो–लगनखेल

रुट ७ नयाँ बसपार्क–सूर्यविनायकः

नयाँ बसपार्क–माछापोखरी–बालाजुचोक–बनस्थली–स्वयम्भु–कलंकी–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–सिंहदरवार–बबरमहल–नयाँ बानेश्वर–कोटेश्वर–जडिबुटी–लोकन्थली–गठ्ठाघर–ठिमी–राधेराधे–सल्लाघारी– सूर्यविनायक (जाँदा)
सूर्यविनायक–जगाती–च्यामासी–कमलपोखरी–व्यासी–सानोठिमी–पेप्सीकोला–जडिबुटी–कोटेश्वर–माइतिघर–सिंहदरवार–शहिदगेट–त्रिपुरेश्वर–कलंकी–स्वयम्भु–बनस्थली–बालाजुचोक–माछा पोखरी–नयाँ बसपार्क (फर्कँदा)

रुट ८ नयाँ बसपार्क–कमलविनायकः

नयाँ बसपार्क–माछापोखरी–बालाजुचोक–बनस्थली–स्वयम्भु–कलंकी–कालिमाटी–त्रिपुरेश्वर–रत्नपार्क–सिंहदरवार–बबरमहल–नयाँ बानेश्वर–कोटेश्वर–जडिबुटी–पेप्सीकोला–सानोठिमी–दुवाकोट चोक–व्यासी–नगरकोट चोक–कमल विनायक (जाँदा)
कमल विनायक–च्यामासी– जगाती–सुर्य्विनायक–सल्लाघारी–राधेराधे–गठ्ठाघर–कौशलटार–लोकन्थली–जडिबुटी–कोटेश्वर–नयाँ बानेश्वर–माइतिघर–सिंहदरवार–रत्नपार्क–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कलंकी–स्वयम्भु–बनस्थली–बालाजुचोक–माछापोखरी–नयाँ बसपार्क (फर्कँदा)

रुट ९ नयाँ बसपार्क–लगनखेल–एयरपोर्टः

लगनखेल–कुपण्डोल–थापाथली–माइतीघर–बबर महल–बानेश्वर–सिनामंगल–एयरपोर्ट गेट–अन्तर्राष्ट्रिय टर्मिनल(एयरपोर्ट)–एयरपोर्ट गेट–तीलगंगा–गौशाला–जय बागेश्वरी–चाबहिल–सुकेधारा–चप्पल कारखाना–चण्डोल–नारायणगोपाल चोक–बसुन्धारा–सामाखुसी हुँदै नयाँबसपार्क

रुट १० लगनखेल–दक्षिणकाली:

लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–माइतीघर–सिंहदरवार–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कुलेश्वर–बल्खु–टियु गेट–चोभार–मन्जुश्री चोक–चल्नाखेल–छैमले शेषनारायण–फर्पिङ–दक्षिणकाली