
तस्विर फाइल
सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले अभद्र व्यवहार गरेको भन्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले आपत्ति जनाउनुभएको छ ।
मंगलबार कोइरालाले सामाजिक संजाल मार्फत सत्याग्रहमा बसेका डा.केसीलाई प्रहरी प्रशासनले अभद्र व्यवहार गर्दै अपहरण शैलीमा नियन्त्रणमा लिएको घटना अत्यन्तै आपत्तिजनक र निन्दनीय भएको बताउनुभएको छ ।
कोइरालाले नागरिकले शान्तिपुर्ण रुपमा आफ्ना कुरा राख्न पाउने संवैधानिक हकको हनन गरेको भन्दै राज्यले निर्लज्जता र बर्बरतापूर्ण काम तुरुन्त बन्द गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्