१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वत्र विरोधपछि डाक्टर केसीलाई लगियो शिक्षण अस्पताल


0
Shares

Dr gobinda kc hunger strike trum center to teaching hospital

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि भएको प्रहरी ज्यादतीको सर्वत्र आलोचना भएपछि उहाँलाई शिक्षण अस्पताल लगिएको छ ।

जुम्लामा अनशनरत हुँदा स्वास्थ्य अवस्था खस्किएपछि मंगलबार काठमाडौं आउनु भएको डा. केसीले आफू शिक्षण अस्पतालमा उपचारमा जाने बताउँदा बताउँदै पनि प्रहरीले दुर्व्यवहार गरी ट्रमा सेन्टर पुर्‍याएको थियो ।

डा. केसीमाथि सरकारले गरेको यस हर्कतको सर्वत्र निन्दा र भर्त्सना भएपछि अन्ततः उहाँलाई साँझ राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजञ्ज सारिएको हो ।

ट्रमा सेन्टरबाट डिस्चार्ज गरी साँझ साढे ६ बजेपछि केसीलाई टिचिङ अस्पताल पुर्‍याइएको उहाँका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।

ट्रमा सेन्टरबाट डा. केसीले स्वेच्छिक डिस्चार्ज लिनुभएको हो ।

यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई प्रहरीले जोरजबरजस्ती गरी टिचिङ अस्पतालमा आउन नदिई बीच बाटोबाटै ट्रमा सेन्टरमा लगिएको थियो ।

यो पनि हेर्नुस्,

डाक्टर केसीले टिचिङमै लैजान अडान राख्दा प्रहरीले एम्बुलेन्सबाट दुर्व्यवहार गर्दै जबरजस्ती निकालेर ट्रमाको आकस्मिक कक्षमा छाडेका थिए ।

डा. केसीले शिक्षण अस्पतालमा नलग्दासम्म कुनै उपचार नलिने अडान राखेपछि उहाँलाई त्यहाँ जान दिइएको हो । उहाँ रहेको ट्रमा सेन्टर बाहिर प्रहरीको बाक्लो तैनाथीसमेत गरिएको थियो ।