१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


करेन्ट लागेर मोलुङ हाईड्रोका कर्मचारीको मृत्यु


0
Shares

ओखलढुङ्गा, असोज ७ । करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

मोलुङ हाईड्रोको हाईटेन्सन लाइनको जम्पर हटाउन सिद्धिचरण नगरपालिका–१२ को भडारेमा पोलमा चढ्दा विद्युत् सर्ट भई करेन्ट लागेर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो ।

मृतावस्थामा विद्युत्को पोलमा झुण्डिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

मुचुल्का गरी खत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको छ । रासस