१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुहारी बलात्कार गर्ने ससुरा पक्राउ


0
Shares

भोजपुर, असोज ७ । आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् ।

प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।

राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजूरीमा उल्लेख छ ।

प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ । रासस