
काठमाडौं, असोज ७ । कैदीबन्दी रामलखन जैसवालको शंकास्पद नभएको वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले दाबी गरेका छन् ।
घटनाको विषयमा जानकारी दिँदै केन्द्रीय कारागारले सञ्चार माध्यमहरुमा आएका समाचारहरुको खण्डन गरेको छ ।
जैसवालको हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता समाचार भ्रामक भएको भन्दै पोष्टमार्टम रिपोर्टले सत्यता उजागर गर्ने कारागारको दाबी छ ।
वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पुर्याइएका जैसवाल जीवित रहेको भन्ने कुरामा यर्थाथता नरहेको बताउनुभयो ।
अस्पतालमा कुनै पनि प्रकारको उपचार नभएपनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार जैसवालको पीसीआर परीक्षण गरिएको बताउनुभयो ।
अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरु देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निकालेको र मुख र नाकबाट रगत बगेको देखिएको बताउनुभयो ।
जैसवालको असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्