
तस्विर फाइल
चितवन, असोज ८ । लगातारको बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै संचालनमा आएको छ ।
बुधबारदेखि झरेको पहिरो सडकबाट पन्छाएपछि सवारी दुई तर्फनै संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।
पानी अझै परिरहेकाले सम्भव भएसम्म बैकल्पिक मार्ग प्रयोग गर्न पनि प्रहरीले सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस्