
काठमाडौं, असोज ९ । बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । सेभियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।
सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्नलाई उपाधि जित्न सात वर्ष कुर्नुपर्यो । बायर्न त्यसयता फाइनलमा पुगेको पनि यसै पटक हो ।
सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भयो ।
हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरेका थिए ।
३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल फर्काएपछि खेल १–१ को बराबरी भयो । त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समयमा पुग्यो ।
त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गर्दै बायर्नलाई उपाधिको स्वाद चखाए ।
प्रतिक्रिया दिनुहोस्