१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा ७१ वर्षीय वुद्धको कोरोना संक्रमणबाट मृत्यु


0
Shares

सप्तरी, असोज ९ । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान मृत्यु भएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उहाँका छोराले बताउनुभयो ।

रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो । उहाँको शव अहिले धरानमै छ ।

उनका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदै गर्दा गत भदौ १३ गते बाटा नै मृत्यु भएको थियो ।

दाजुको पिसिआर परीक्षण भने गरिएको थिएन ।

यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रासस