१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोदावरी नगरपालिकाका प्रमुख महर्जन दम्पतीलाई कोरोना पुष्टि


0
Shares

ललितपुर, असोज ९ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उहाँका धर्मपत्नी गंगामायालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यही असोज ६ गते उहाँहरुले स्वाब सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल महर्जन दम्पती होम आइसोलेसनमा रहेको र गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको प्रमुख महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”

यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ ।

उहाँहरु हाल दुवैले ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको श्रेष्ठले जानकारी गराउनुभयो । रासस