१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महासंघको चुनावमा गृहको सहमति


0
Shares

काठमाडौं, असोज ९ । गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न सहमति दिएको छ .।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको जानकारी दिनुभयो ।

मन्त्रालयले विद्युतिय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जना भन्दा बढी जम्मा हुन नपाइने, लगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न समेत सचेत गराएको छ ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले अव छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने बताउन’भयो ।

उहाँले स्वास्थ्य मापदण्डको सम्बन्धमा सरकारले तत्कालिन समयमा जारी गरेका मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने र आवस्यक परेमा ३÷४ ठाउँबाट दुई दिन सम्म गरेर भएपनि चुनाव गरिने स्पस्ट पार्नुभयो ।

महासंघले आगामी मंसिर दोस्रो साता साधारणसभा एवं चुनावका लागि गृह मन्त्रालयसँग स्वीकृति माग्दै पत्र पठाएको थियो ।

सोही पत्रको जवाफ दिदै मन्त्रालयले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी चुनाव गर्न सहमति दिएको हो ।

वि.स.२०७६ सालको चैत्रमै हुनुपर्ने साधारण सभा कोभिडको असर र लकडाउनका कारण अनिश्चित बन्दै आएको थियो ।