१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रिपरिषद् बैठक : ओली र दाहाल तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्न सहमत


0
Shares

ncp sachiwalaya meeting discussion on dr kc strike

काठमाडौं, असोज ११ । आइतबार आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।

मन्त्रिमण्डल हेरफेरको कुरा चलिरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बैठक बोलाउनु भएको हो ।

यो बैठकका निर्णय सार्वजनिक नगरिए पनि मन्त्रिमण्डल हेरफेरअघि आकस्मिक रुपमा बैठक बसिएको बताइएको छ ।

बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरे पनि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएपछि अर्थपूर्ण रुपले हेरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित बैठक बसेको बताउनुभयो ।

बैठकले कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमै भएको भेटमा तत्काल मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्राएर केही व्यक्तिलाई मन्त्री बनाउने समेत तयारी गर्नुभएको बुझिएको छ ।

सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार ओली र दाहालले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्नुभएको हो ।

यता मन्त्री बन्न लागेका भनिएका नेकपा उपाध्यक्ष वामदेव गौतमको उजुरीमा बुधबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

सो सुनुवाइ अगावै मन्त्रिमण्डल विस्तार गर्ने दावी गरिएको छ ।