१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा


0
Shares

काठमाडौ, असोज ११ । नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ ।

उहाँको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि आइतबारबाट सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।

नेपाली सेनाले एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापाले स्वास्थ मन्त्रालयले जारी गरेको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई सेल्फ क्वारेन्टिन गरेको जनाएको छ ।