
तस्वीर : प्रदीपराज वन्त, रासस
काठमाडौं, असोज ११ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका राजदूत पार्क चोङ –सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गर्नुभएको हो ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित हुनुहुन्थ्यो । रासस
प्रतिक्रिया दिनुहोस्