१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बारामा बसको ठक्करबाट आमाबाबु र बच्चा तीन जनाको मृत्यु


0
Shares

accident

बारा, असोज ११ । बारामा बसको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । बसको ठक्करबाट स्कुटीमा रहेका पति पत्नी र उनका छोराको घटनास्थलमै मृत्यु भएको हो ।

आइतबार अपराह्न बसले दिएको ठक्करबाट स्कुटीमा सवार बारा निजगढ नगरपालिका १० लाल टोलका २६ वर्षीय तीर्थमान स्याङतान, उनकी श्रीमती २३ वर्षीया ज्योती स्याङतान र उनीहरुका एक बर्षका छोराको मृत्यु भएको हो ।

ना.४.ख.७२४४ नम्बरको बसले प्रदेश नम्बर २०३–००४ प ४४४२ नम्बरको स्कुटीमा रहेका स्याङतान परिवारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार पूर्व–पश्चिम राजमार्गको जितपुर सिमरा उपमहानगरपालिका १ दुधौरा पुलस्थित निजगढबाट पथलैयातर्फ आउँदै गरेको बसले बिपरित दिशाबाट जाँदै गरेको स्कुटीलाई ठक्कर दिएको हो ।

दुर्घटनालगत्तै बसका चालक भने भागेका छन् ।