१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरले अनलाइन सेवा सुरु भएको ११ दिनमै १ करोड ६० लाख राजश्व संकलन


0
Shares

काठमाडौं, असोज ११ । काठमाडौं महानगर पालिकाले ३२ वटै वडाको राजस्व प्रणाली अनलाइनमार्फत सेवा सुरु भएको ११ दिनमै ८ सय ५० करदातामार्फत १ करोड ६० लाख राजश्व असुली गरेको छ ।

कोभिड–१९ को महामारी चलिरहेका बेला विना भिडभाड अनलाइनमार्फत कर भुक्तानी गर्न पाउन निकै सकारात्मक रहेको करदाताहरुको भनाई छ ।

आगामी दिनमा पनि यस प्रणालीलाई निरन्तरता दिनुपर्ने सुुझाव पनि करदाताहरुको रहेको छ ।

महानगरपालिका स्मार्ट प्रणालीमा अघि बढ्दै छ भन्ने सन्देश यसले दिएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवानालाई बैकिङ तथा विद्युतीय प्रणालीबाट गर्ने उल्लेख गरेको र सोही अनुसार काम गरेको महानगरका राजस्व विभाग निर्देशक शिवराज अधिकारीले बताउनुभयो ।