
काठमाडौं, असोज १३ । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ ।
धितोपत्र बजारको रुपमा एकमात्रै कारोबार गर्दै आएको नेप्सेले बजारमा सूचीकृत भएर नियमित रुपमा कारोबार गर्दै आएका कम्पनीहरुलाई नियमानुसार लाग्ने वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्रै बुझाउन निर्देशन दिएको हो ।
नेप्सेले नवीकरण शुल्कबापत ५० करोड रुपैंया भन्दा बढी चुक्ता पुँजी भएको कम्पनीलाई १ लाख रुपैंया र सोभन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई ५० हजार रुपैंया शुल्क निर्धारण गरेको छ ।
नेप्सेले समयमा शुल्क नबुझाएमा १० प्रतिशतका दरले जरिवाना लाग्ने समेत प्रष्ट पारेको छ ।
यसैबीच मंगलबार सेयर बजार ७ अंकले घटेको छ ।
१२ उपसमूहमध्ये जलविद्युतको सूचक २. प्रतिशतले बढ्दा उत्पदन र म्युचुअल फण्डको सूचकमा पनि ०.२ प्रतिशतको सामान्य सुधार भएको छ ।
मंगलबार सकारात्मक सर्किट लागेको जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो ।
लामो समयदेखि अंकित कम मूल्यमा कारोवार हुदै आएका जलविद्युत कम्पनीको सेयर मूल्य पनि पछिल्लो केही समययता बढेर एक सय रुपैयाँमाथि पुगिसकेको छ ।
मंगलबार सेयर बजार सूचक सामान्य अंकले घटेपनि कारोबार रकम करीब दुई अर्ब नजिक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार १ सय ९२ कम्पनीको ७३ लाख बढी शेयर एक अर्ब ८२ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्