१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बजार अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने सांसदको माग


0
Shares

काठमाडौं, असोज १३ । सांसदहरुले ठुला चाडवाड नजिकिँदै गर्दा उपभोग्य वस्तुमा हुने कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् ।

संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले सम्बन्धित निकायले अनुगमन प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।

सांसद देवेन्द्र पौडेलले बजार मुल्यमा समानता नभएको, अस्वभाविक रुपमा मुल्य बढेकोले नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

सांसद भिमसेनदास प्रधानले मुल्यबृद्धि गर्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभयो ।

अस्वभाविक रुपमा मुल्यवृद्धि गर्नेलाई सार्वजनिक गर्न समेत प्रधानले माग गर्नु भएको छ ।

सांसद सुजाता परियारले बजारमा हुने कालोबजारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई छलफलका लागि बोलाउन माग गर्नुभयो ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले मुल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्ण भएको बताउनुभयो ।

समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मुल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।