१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकामा ट्रम्पले ७५० डलर कर तिर्दा बिडेनले बुझाए करिब तीन लाख डलर, कमलाले तिरिन् दश लाखभन्दा बढी


0
Shares

us president jo biden kamala hyariss trump tax

एजेन्सी, असोज १४ । अमेरिकामा अर्बपति राष्ट्रपति डोनल्ड ट्रम्पले ७५० डलर मात्र कर तिरेको भन्दै व्यापक आलोचना भइरहेका बेला उनका डेमोक्र्याट प्रतिष्पर्धी जो बिडेनले करिब तीन लाख डलर कर बुझाउनु भएको छ ।

जो बिडेनले मंगलवार दिएको जानकारी अनुसार उहाँ र पत्नी जिलका तर्फबाट गत वर्ष २ लाख ८८ हजार डलर आय कर तिर्नुभएको हो । उहाँहरुको गत वर्षको आय ९ लाख ८५ हजार डलर रहेको जनाइएको छ ।

जबकी ट्रम्पले भने पछिल्लो १५ वर्षमा दश वर्ष आय कर नै नतिरेको तथा राष्ट्रपति चुनिएको वर्ष सन् २०१६ मा जम्मा ७५० डलर मात्र बुझाएको न्यूयोर्क टाइम्सले दाबी गर्दै समाचार छापेको छ ।

आम जनताको जानकारीका लागि राष्ट्रपति पदका उम्मेदवार र राष्ट्रपतिहरुले ट्याक्स रिटर्नको रिपोर्ट सार्वजनिक गर्ने परम्परा भए पनि ट्रम्पले भने जानकारी नदिएको समाचारहरुमा उल्लेख गरिएको छ ।

उता, उपराष्ट्रपति पदकी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले पनि मंगलवार नै ११ लाख डलर कर तिरेको ट्याक्स रिटर्न रिपोर्ट सार्वजनिक गर्नुभएको छ ।

उहाँ र उहाँको पतिको कानूनी फर्मको गत वर्षको कूल आय ३० लाख डलरभन्दा बढी भएको बताइएको छ ।

बिडेन दम्पत्तिले कलेज पढाएर, केही पुस्तक बिक्रीबाट यो आम्दानी गरेको उल्लेख गरिएको छ ।

आफ्नो हेयर स्टायलका लागि ७० हजार डलर खर्चने राष्ट्रपति ट्रम्पले पछिल्लो डेढ दशकमा मुलुकको ढुकुटीमा पछिल्लो एक दशकसम्म कर नतिरेको र तिरेको साल पनि जम्मा ७५० डलर तिरेकामा आश्चर्य व्यक्त गरिएको छ ।

यसैबीच, अमेरिकी समय अनुसार मंगलबार साँझ राष्ट्रपतिको दुई उम्मेदवार पहिलो टीभी बहसमा उत्रँदै छन् ।