
हेटौंडा, असोज १४ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ ।
शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गरेर १५ शैयाको अस्पताल बनाउने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं. ५ चैनपुरमा मंगलबार चौकीको जगको पूजा गरी निर्माण कार्य सुरु गरिएको छ ।
हाल स्वास्थ्य चौकी निर्माण गरिने र पछि त्यसचौकीलाई स्थान्तरण गरी अस्पतालको रुपमा लैजाने अध्यक्ष मल्लले बताउनुभयो ।
स्थानीय हरी प्रजाले १३ कठ्ठा निःशुल्क जमिन उपलब्ध गराई राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ हेटौंडा कार्यालयले १ करोड ५० लाख लगानीमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्