
काठमाडौं, असोज १४ । कोरोनाका कारण नेपालमा अनलाइन कारोवार प्रति ग्राहकको संख्यामा बृद्धि हुन थालेपछि अनलाइन व्यवसाय गर्ने कम्पनीको संख्या पनि बढेका छन् ।
तर ती कम्पनीको बैधानिकताका साथै तीनले उपलब्ध गराउने सामानको गुणस्तरियतामा भने बारम्बार प्रश्न उठ्ने गरेको छ ।
अनुगमन कारी निकाय उद्योग विभागले भने अहिले इ बिजनेश सम्बन्धी कानुन मस्यौदा तयार भइसकेको र अन्तीम रुप लिने तयारीमा रहेको जनाएको छ ।
कानुन आइसकेपछि भने दर्ता नगरी कारोवार गर्ने र गुणस्तरहीन सामान बिक्रि गर्ने पनि कार्वाहीको दायरामा आउने विश्वास विभागको छ ।
बढ्दो कोरोना कहरका कारण अहिले धेरै व्यापार व्यवसाय धरासायी अवस्थामा पुगेको छन् ।
उद्योग व्यवसाय बन्द हुदा धेरैले रोजगारी समेत गुमाउनु परेको अवस्था छ ।
तर यस्तो अवस्थामा व्यापार व्यवसाय बृद्धि गर्ने क्षेत्र इ कमर्श व्यवस्थीत हुन सकेको खण्डमा व्यवसायी ग्राहक र सरकार सबै लाई फाइदै पुग्ने देखिन्छ ।
अनलाइन व्यापार, पसलमै गएर सामान किन्नु पर्ने नेपाली ग्राहक कोभिडका कारण अहिले भने अनलाइनबाट सामानको किनमेल गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्