
सोलुखुम्बु, असोज १५ । सोलुखुम्बुमा मूर्तिलगायतका वस्तु चोरी गरेको आरोपमा प्रक्राउ परेका युवक जेल चलान भएका छन् ।
सोलुदूधकुण्ड नगरपालिका ८ का ३५ बर्षिय रमेश मगर चाँगेस्थान मन्दिरबाट एक जोडी सिंहको मुर्ति, मुर्ति राख्ने बैठक, चाँदीको तीन खण्डे थाली, चाँदीको त्रिशुललगायतका सामान चोरी गरेको आरोपमा भदौ २३ गते प्रक्राउ परेका थिए ।
५० हजार धरौटी बुझाउन नसकेपछि उनी जेल भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्