२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बिहीबार काठमाडौं उपत्यकामा ९४३ सहित १९११ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुग्यो


0
Shares

काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ७९ हजार ७२८ पुगेको छ ।

बिहीबार थप ९६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यो सहित नेपालमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८१७, ललितपुर ६९ र भक्तपुरमा ५८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट म‌ृत्यु भएको छ ।

योसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.15 #COVID-19

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.06.15#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Thursday, 1 October 2020