
काठमाडौं, असोज १५ । कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रले ठुलो क्षति व्यहोरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नीजि क्षेत्रले यो समयमा मासिक ४ अर्ब आय गुमाउनु परेको प्राधिकरणको तथ्याङ्ग्क छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७६/७७ मा ४३ प्रतिशत आम्दानी गुमाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।
आन्तरिक उडानतर्फ यो वर्ष ३६ देखि ३८ प्रतिशत यात्रु संख्यामा गिरावट आउने पोख्रेलले बताउनुभयो ।
कोभिडको प्रभावकाबीच प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथल सधारका लागि उल्लेख काम गरेको उहाँको दाबी छ ।
पार्किङ क्षेत्र विस्तार, अन्तर्राष्ट्रिय यात्रु चेकिङ व्यवस्थीत गरिएको र बुटिक एयरपोर्ट निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो ।
अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का अनुसार कोभिडको सबैभन्दा बढी प्रभाव एशिया प्रशान्त क्षेत्रमा परेको छ ।
गतवर्षको जनवरी देखि अगष्ट २०२० सम्म वायुसेवा कम्पनीहरुले ८६ प्रतिशत आम्दानी गुमाएका छन ।
प्रतिक्रिया दिनुहोस्